पर्यटक भिषा अध्यागमन कार्यालय, त्रि. अ. बि. तथा बिदेश स्थित नेपाली दूताबास तथा कुटनैतिक नियोगबाट प्राप्त गर्न सकिन्छ भने पर्यटक भिषाको म्याद थप गर्ने कार्य अध्यागमन बिभागको पर्यटक भिषा शाखाबाट हुने गर्दछ।
१.शाखाबाट प्रवाह हुने सेवाहरु:
(क) पर्यटक भिषाको म्याद थप (१५० दिन भित्रको)
(ख) भिषाको प्रकार परिवर्तन (अन्य भिषाबाट पर्यटक भिषामा परिवर्तन गर्ने)
२.आवश्यक कागजातहरु:
(क) पर्यटक भिषाको म्याद थप गर्न आवश्यक कागजातहरु:
- अनलाइन निवेदनको प्रिन्टेड कपी
- राहदानी तथा चालू भिषाको फोटोकपी
- १० वर्ष मुनिको बच्चाको हकमा अभिभावकको राहदानीको फोटोकपी
ख) भिषाको प्रकार परिवर्तनका लागि आवश्यक कागजातहरु:
- अनलाइन निवेदनको प्रिन्टेड कपी
- राहदानी तथा चालू भिषाको फोटोकपी
- भिषा परिवर्तन गर्नुपर्ने कारणसहितको निवेदन
- व्यावसायिक भिषाबाट पर्यटक भिषा लिनु परे एक आर्थिक वर्ष व्यतित भएकोमाकरचुक्ता प्रमाण पत्रको फोटोकपी
- १० वर्ष मुनिको बच्चाको हकमा अभिभावकको राहदानीको फोटोकपी
३.लाग्ने दस्तुर:
- भिषाको म्याद थप गर्दा लाग्ने शुल्क १ दिन देखि १५ दिन सम्मको लागि न्यूनतम ४५US $ र त्यसपछी प्रत्येक दिनको ३US $ का दरले हुन आउने रकम ।
- भिषा अवधिको लागि बहुप्रवेशी सुविधा लिन चाहेमा थप २० US $ दस्तुर लाग्नेछ ।
- भिषा थप गर्न भिषाको अवधि समाप्त गरी आएमा भिषा शुल्क बाहेक ढिला भएको प्रत्येक दिनको ५US $ का दरले हुन आउने अतिरिक्त रकम तथा Gratis भिषा पाउनेको हकमा अध्यागमन ऐन, २०४९ को दफा १० (४) बमोजिम तोकिएको जरिवाना रकम ।
- १० वर्ष मुनिको बच्चा तथा चिनियाँ नागरिकहरुको हकमा १५० दिन सम्म Gratis भिषा उपलब्ध गराउने ।
४.लाग्ने समय:
- भीड नभएमा तुरुन्त र भीड भएमा २ घण्टा ।