गैर आवासीय नेपाली भिसा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु:
- फोटो टाँस भएको आवेदन फाराम २ प्रति
- नेपाली मूलको व्यक्ति हो भनी खुलेकोप्रमाणित कागजात (गैर आवासीय नेपाली कार्ड) वा सम्बन्धित दूतावासको सिफारिस वा नेपाली नागरिकसँगको नाता प्रमाणपत्रको छायाँप्रति (तर गैह्र आवासीय नागरिकता प्राप्त गरेका विदेशीको हकमा साविक बमोजिम नै भिसा नियमित गर्नुपर्नेछ । गैह्र आवासीय नेपाली नागरिकता प्राप्त गरेकै आधारमा निशुल्क भिसा प्राप्त नहुने )
- नेपाली नागरिकसँगको नाताकाआधारमा भिसा माग भए नेपाली नागरिकको नागरिकता प्रमाणपत्रको छायाँप्रति
- राहदानी र अन्तिम भिसाको छायाँप्रति
गैर आवासीय नेपाली भिसाको नवीकरण/म्याद थप गर्दा पेश गर्नुपर्ने कागजातहरू:
- आवेदन फाराम २ प्रति
- राहदानी एवं अन्तिम भिसाको छायाँप्रति